माध्यमिक नेपाली व्याकरण( नेत्र एटम र कृष्णहरि बराल बाट)
सबैलाई उपयाेगी हाेला भनेर यहाँ शेयर गरेकाे छु
ह्रस्व दीर्घ:(ह्रस्व-इ,उ,ु,ऋ,कृ,रु तथा दीर्घ- ई, ऊ,ू र रू)
क) शब्दकाे सुरुमा ह्रस्व हुने
१. तद्भव र आगन्तुक नाम: इज्जत, इराक, किताब, घिउ,जिरी, ठिटाे, कुकुर,सुकुल,कुर्सी,निसाफ, तिहुन, पित्तल, सिक्किम, सिन्की, हिउँ, हिसाब आदि ।
२. सबै व्युत्पन्न शब्दहरू: चिनियाँ, पिराहा, मितेरी,नुनिलाे,दुधालु, बुढ्याइँ, सिँगाैरी,फुलाैरा, धुपाैराे, सिलाैटाे, खुनी, भित्रिया आदि ।
३. सबै धातु/कृयापदहरू:दि, थियाे, धु, हु, किन्, मिल्, सुत्, धुत्, लिन्छ, डुल्याे, हिँड्ला, तिर्नेछ, पिँध्, कुद् आदि ।
४. सबै अव्ययहरू: तिर, हिजाे, भित्र,सित, निर, मुनि,किनभने, कि, धिक्कार! आदि ।
५. उत्, उप, कु,दुर्, निस्, वि, सु, नि आदि उपसर्ग लागेकाे शब्दहरू: उल्लेख, उत्खनन्,उपहार, उपसचिव, कुकाठ,कुविचार, दुर्व्यवहार,दुर्मति,विशेष, विमान,सुनाम, सुलेखा, निगम, निपात आदि।
६. सङ्ख्यावाचक शब्द (बीस, तीन र तीस बाहेक): दुई, उन्नाईस, उनन्तीस, त्रिचालीस, त्रिपन्न, त्रिसठ्ठी आदि ।
७. दुई अक्षरका सर्वनामहरू: तिमी, उनी, यिनी, तिनी, उहाँ आदि ।
८. तद्भव र आगन्तुक विशेषणहरू: पिराे, चिसाे, दुब्लाे,इमानी, खियाउटे, निर्धाे, मिहिनेती, रित्ताे, रिसाहा, लुरे, कुराैटे आदि ।
९. त्रि र द्वि भएका शब्दहरू: त्रिकाेण, त्रिशूल,त्रिभुवन, द्विगु, द्वितीय, द्विगुण आदि ।
१०. सबै अनुकरणात्मक शब्दहरू: कुटुकुटु, लुसुक्क, मुसुक्क,भुतुक्क, किटिक्क आदि ।
ख) शब्दकाे बीचमा ह्रस्व हुने
१. मूल नाम: कुकुर, मुजुर, कपुर, मानिस, इन्जिन, मङ्सिर, उत्तिस, खरिदार, दाइजाे, नरिवल, भानिज, रेडियाे, सिलिङ, हँसिया आदि ।
२. विशेषण: अमिलाे, उभिन्डाे, कलिलाे, बलियाे, सजिलाे, सिकिस्त, हरियाे, गुलियाे, बाटुलाे, माैखिक, पठित, अन्तिम आदि ।
३. समापक र असमापक कृया: पिटियाे, भित्रिनु, बाहिरिनु, गरिएकाे, भनिने, हिँडिनु, खाइयाे, गइन, जपिन्छ, मान्दिन, खाइटाेपल्नु, गराइराखे, पढिरहन्छ, भनिदियाे, सुतिराख, बसिन्छ आदि ।
४. अव्यय शब्द: अहिले, कहिले, निमित्त, बाहिर, मुन्तिर, झिमिक्क, रिमिक्क, हिरिक्क, अघिल्तिर, दिउँसाे, उहिले, लुरुक्क आदि ।
५. अति, अघि, अभि, अनु, परि, प्रति, उपसर्ग लागेका शब्द: अतिरथी, अतिवाद, अधिकार, अधिपति,अनुभव, अनुहार, अभिवक्ता, अभिनय,परिचय, परिक्रम, प्रतिनिधि, प्रतिक्रिया आदि ।
६. इक, इत, इका, इम, इमा, इष्ठ, ता, त्व प्रत्यय लागेका शब्दहरू: भाषिक, बाैद्धिक, लेखिका, गायिका, रचित, हेलित, अग्रिम, स्वर्णिम, गरिमा, महिमा, कनिष्ठ, जागरुक, भावुक, आज्ञाकारिता, ओजस्विता, सहकारिता, स्वामित्व, स्थायित्व आदि ।
७. अन्त्यमा इया, इँया, इयार, इलाे गासिएका शब्दहरू: घटिया, चिनियाँ, झगडिया, सँधियार, अंशियार, दरिलाे, दुधिलाे आदि ।
८. पुलिङ्गबाट स्त्रीलिङ्ग बनाइएकाे शब्दहरू: कमिनी, कर्किनी, पापिनी, घर्तिनी, थपिनी आदि ।
ग) शब्दकाे अन्त्यमा ह्रस्व हुने
१. पुलिङ्गी नाम र नाता बुझाउने शब्द: ज्वाइँ, दाइ, नाति, पति, बाबु, गुरु, पनाति, जेठाजु, पाेइ, भाइ, भिनाजु, फुपाजु, बराजु, गाेरु(अपवाद: सम्धी, हात्ती, खसी, स्वामी) आदि ।
२. उ अन्त्यमा आउने निर्जीव नाम: ठाउँ, गाउँ, हिउँ, घिउ, भालु, धनु, पिँडालु, आलु, मासु, स्याउ, केराउ, बीउ, लिस्नु आदि ।
३. अव्यय शब्द : अगाडि, अघि, मुनि, अनि, पनि, अस्ति, भाेलि, खाेइ, चाँहि, चाेटि, देखि, निम्ति, वरिपरि, वारि, पर्सि, पट्टि, बाजि, फेरि, बर्सेनि (लाई, हरू बाहेक) आदि ।
४. नु, आइ, आलु, याइँ, आउ,आरु,एलु प्रत्यय लागेका शब्दहरू: लेख्नु, खेल्नु, लेखाइ, पढाइ, मायालु, दयालु, मुर्ख्याइँ, फट्याइँ, घेराउ, चुनाउ, सिकारु, हटारु, घरेलु, बनेलु आदि ।
५. अन्त्यमा ति आउने सर्वनामबाट बनेका शब्द: यति, उति, कति, जति, त्यति आदि ।
६. अन्त्यमा चि, टि, णि, पि, थि, द्धि, धि,नि, षि, पि, भि, मि, रि, लि,ष्टि आउने केही तत्सम शब्दहरू: शुचि, रुचि, त्रुटि, काेटि, मणि, पाणि, कृति, कान्ति, मति क्षति, प्रकृति,तिथि, सारथि, सिद्धि, बुद्धि, विधि, निधि, अग्नि, शनि, मुनि, लिपि, यध्यपि, नामि, दुन्दुभि, सुरभि, नाभि, रश्मि, गरि, अरि, अन्जलि, कलि, हवि, छवि, कवि, कृषि, बृष्टि, दृष्टि, पुष्टि, सन्तुष्टि आदि ।
घ) शब्दकाे सुरुमा दीर्घ हुने
१. केही संख्यावाचक शब्द: तीन, बीस, तीस ।
२. संस्कृतबाट नेपालीमा आउँदा व्यञ्जन लाेप भएका तद्भव शब्द: मीठाे, दूध,सीप, ऊँट, मीत, चील, तीखाे, बूढाे,तीताे, पीठ, फूल, ठूलाे, पूरा आदि ।
३. केही तत्सम शब्द: ईश, कीट, क्रीडा, क्षीण, गीति, ग्रीष्म, जीव, टीका, पीडा, दीक्षा, नीति, नीर, पीयुष, बीभत्स,वीर, शीत, शीर्षक, चीत्कार, भीष्म, मीन, मीमांसा, सीता, स्वीकृति, न्यून, स्तूप, मूल्य, शून्य, मूर्ख, सूक्ष्म, सूत्र आदि ।
ङ) शब्दकाे बीचमा दीर्घ हुने
१. सबै संख्यावाचक शब्द: एक्काईस, बाईस, तेईस, तेत्तीस, चालीस, पैंतालीस आदि ।
२. इच्छार्थक क्रियापदहरू: आऊन, गाऊन, गरून, जाऊन, लेखून, भनून आदि ।
३. ईय, ईन, अनीय, तीय प्रत्यय लागेका शब्दहरू: केन्द्रीय, भवदीय, स्वर्गीय, समकालीन, प्राचीन, कुलीन, नवीन, माननीय, स्मरणीय, द्वितीय, तृतीय आदि ।
४. केही तत्सम शब्द: परीक्षा, प्रतीक, अतीत, किरीट, गम्भीर, निरीह, प्रतीक्षा, प्रतीत, मनीषी, वाल्मीकि, शरीर, शिरीष, समीक्षा, समीर, कुतूहल, अनुभूति, उत्तीर्ण,सङ्गीत, चिरञ्जीवी, सपुत, समूह, अधीन, समीप, आदि ।
५. करण, कृत, भवन, भूत, आदि अन्त्यमा आउने शब्द: एकीकरण, औध्याेगीकरण,केन्द्रीकृत, स्वीकृत, एकीकृत, समीभवन, एकीभवन, केन्द्रीभूत, द्रवीभूत आदि ।
च) शब्दकाे अन्त्यमा दीर्घ हुने
१. स्त्रीलिङ्गी शब्द: आईमाई, उर्वशी, काली, किशाेरी, गाई, गाैरी, छाेरी, जाेई, दिदी, ढाई, रानी, स्वास्नी, फूपू, भाउजू, माइजू, सासू, जेठानी, पातली, सावित्री, भैंसी, बहिनी, बदिनी, दासी, तरुनी, युवती, ठिटी आदि ।
२. ई अन्त्यमा आउने निर्जीव नाम: औंठी, कैंची, खरानी, खाेपी, गाग्री, मिठाई, सारी, धाेती, पानी, फर्सी, टाेपी, थाली, डाली, बाल्टी, पगरी आदि ।
३. जाति, पेसा र थर बुझाउने शब्दहरू
क) जाति: कामी, दमाई, सार्की, घर्ती, ज्यापू, किराँती, लिम्बू, राई, माझी, क्षेत्री आदि ।
ख) पेसा: ज्यामी, डकर्मी, पादरी, प्रहरी, माली, विध्यार्थी, व्यापारी, पुजारी, सिकर्मी आदि ।
ग) थर : अधिकारी, सुवेदी, उप्रती, रेग्मी, लाेहनी, पुरी, प्रसाईं, भट्टराई, गुरागाई, त्रिपाठी आदि ।
४. सबै सर्वनाम शब्द: यी, ती, तिमी, तपाईं, आफू, तिनी, यिनी, ऊ, हामी आदि ।
५. सबै संख्यावाचक शब्द: दूई,साठी सतरी,असी, एकासी आदि ।
६. सबै क्रियापदहरू: जानू, भन्नू, हेर्नू, तिरी, बनी, गई, हेरी आदि ।
७. ही, री, ती, ई, अरी, तरी मा टुङ्गिने शब्द: केही, साेही, काहीं, यसरी, कसरी, यस्तरी, उस्तरी, कस्तरी, सरासरी आदि। (अपबाद: चाहिँ )
८. एर अर्थ दिने कृदन्त अव्यय: लेखी, भनी, सुनी, गई, तिरी, गई आदि ।
९. विशेषण शब्द: चालू, लागू, अल्छी, इलमी, उपकारी, तन्नेरी, दु:खी, धनी, बुद्गधू, राेगी, ज्ञानी, घाँसी, दानी, त्यागी, गफाडी, नेपाली, गाेर्खाली, दङाली आदि ।
१०. भाषा, ठाउँ, नदी बुझाउने नाम अंग्रजी, जापानी, मैथिली, हिन्दी, इटालेली, कास्की, कैलाली, ठिमी, सप्तरी, कर्णाली, राप्ती,बबई, सेती, गण्डकी आदि ।
११. स्नेहवाची नाम: बाबू, नानू, सानू, कान्छू, कालू आदि ।
१२. विशेषणबाट बनेका भाववाची नाम: गरिबी, अमिरी, इमानदारी, नाेकरी, चाकरी, जवानी, बाेली, चाेरी आदि ।
१३. अन्त्यमा मती, वती, वी आएका तत्सम शब्द: अमरावती, रूपवती, साैभाग्यवती, ओजश्वी, तपस्वी, तेजस्वी, मायावी, मेधावी आदि ।
ब, व र ओ काे प्रयाेग
क) ब काे प्रयाेग
१. ब उच्चारण हुने सबै तद्भव शब्द र आगन्तुक शब्दमा ब काे प्रयाेग हुन्छ: अखबार, कबुलियत, बकुल्लाे,
बतास, बँदेल, बगैंचा, बैंस, बाेक्राे, बन्दी, बख्खु, बखत, बापत, बाकस, बाबा, बन्दुक, सुब्बा, बन्द, जाबाे आदि ।
२. ब उच्चारण हुने सबै धातु र क्रियापदमा ब लेखिन्छ: बन्, बक, बच्, बढ्, बित्, बिर्स,बेहाेर्, बन्याे, बग्छ, बच्ला, बितेछ, बिर्सनछन्, बढेछ आदि ।
३. केही अव्यय शब्द: अब, कब, जब, तब, बित्तिकै, बिस्तारै, बेग्लै, बेसरी, ब्यारे आदि ।
४ .बे, बद, बि उपसर्ग लागेका शब्द: बेकाम, बेनाम, बेवारिस, बेकार, बदनाम, बदमास, बदनियत, बिकाम, बिखर्ची आदि ।
५. म् पछि ब काे प्रयाेग हुन्छ: चुम्बक, चुम्बन, सम्बन्ध, कुटुम्ब, अम्बर, सम्बाेधन, अम्बा आदि ।
६. केही तत्सम शब्द: कुबेर, निबन्ध, बध, बद्ध, बन्धु, बाल, ब्रम्ह, बाहु, ब्रम्हाण्ड, बृहत, बृहस्पति, शब्द, स्तब्ध, बहु आदि ।
ख) व काे प्रयाेग
१. नेपालीमा व उच्चारण हुने शब्दहरू व नै लेखिन्छ: वर, वरिपरि, वारि, वल्लाे, वहाँ, कछुवा, कुवा, चिरुवा, निबुवा, बिरुवा, भुवा, रुवा, हरुवा, क्वाप्लाक्क, क्वार्र, ट्वाक्क, ल्वाम्म, प्वाक्क, ह्वास्स, आवास, वारेसनामा, वापस, वकिल, ढेवा आदि ।
२. वान्, वत्, वती, विद मा टुङ्गिने शब्दमा: गुणवान, धनवान, बलवान, पुत्रवत् , आत्मावत्, पुत्रवती, साैभाग्यवती, भगवती, प्राणीविद्, विज्ञानविद् आदि ।
३. व्य आएका शब्दमा: अव्यय, व्यवहार, गन्तव्य, द्रष्टव्य, व्यापक, व्यग्र, व्यापार, काव्य, व्याख्या, व्याप्ति आदि ।
४. आवट, उवा, वाला, वार, वारी प्रत्यय लागेका शब्द: सजावट, बनावट, लेखुवा, झिकुवा, घरवाला, खेतवाला, जिम्मेवारी, उम्मेद्वार आदि ।
५. सम् उपसर्ग पछि व लेखिन्छ: संविधान, समवेदना, संवाद, संवरण, संवत्सर आदि ।
६. ब उच्चारण भए पनि व लेखिने केही तत्सम शब्द: अनुभव, कवि, गर्व, जीवन, दानव, देवता, प्रवाह, भावना, मानव, वचन, वर्ण, वर्णन, वसन्त, वायु, वाक्य, वातावरण,वाणी, विश्वविद्यालय, वाद, वानर, वाहान, विशाल, विभिन्न, वैदिक, विभेद, वैश्य, व्रत, वृक्ष, शिव, वैध्य, वास्तविक, विशेष आदि ।
ग) ओ काे प्रयाेग
१. तद्भव र आगन्तुक शब्द: ओखर, ओखती, ओखर, ओठ, ओभरसियर, ओरालाे, ओहाेदा, ओइराे, ओथाराे, ओझेल, ओतप्राेत, ओडार आदि ।
२. क्रियापदमा: खाओ, जाओ, बनाओस, ओकल्नु्, ओगट्याे, ओढ्छ, ओतिन्छ, ओराल, ओर्लनु, ओसार्याे आदि ।
ए, य र ये काे प्रयाेग
क) ए काे प्रयाेग
१. एकबाट बनेका शब्द: एक, एघार, एक्काईस, एकतीस, एकचालीस, एकाइ, एउटा, एकांकी, एक्लाे, एकान्त, एक्कासी आदि ।
२. इच्छार्थक क्रियापद: गएस्, खाएस्, धाेएस्, भएस् आदि ।
३. भूतकालका क्रियापदमा: गए, खाएनन्, दिएनाै,भएँ, नुहाएँ, आएनाै, पाएछ, धाेएथ्याे, पिएन, दिएछ आदि ।
४. एर, एकाे प्रत्यय लागेका कृदन्त शब्द: गएकाे, भएर, दिएकाे, भएकाे, पिएर आदि ।
ख) य काे प्रयाेग
१. याे, त्याे सर्वनाम र तिनबाट बनेका शब्द: याे, त्याे, यति, त्यति, यस्ताे, त्यस्ताे, यहाँ, यस, त्यहाँ, त्यस, यही, त्यहीँ, यसरी, त्यसरी, यतिन्जेल, त्यतिन्जेल आदि ।
२. भूतकालकाे क्रियापदमा: भयाे, भयाै, खायाे, भन्याैं, थियाे, जान्याे आदि ।
३. व्युत्पन्न शब्दमा: कमैया, जहानियाँ, चिनियाँ, सहरिया, गवैया, रत्याैली, दुष्ट्याइँ, हँस्याैली, भरिया, करिया आदि
४. केही आगन्तुक शब्दमा: यकिन, सायद, डायरी, पायल, यहुदी, घायल, डायल, खयर, एयर, कायल, टायर, सायरी आदि ।
५. केही तत्सम शब्द: अन्यायी, अनुयायी, स्थायी, सुखदायी, दृश्य, पध्य, गध्य, जय, मुल्य, पूज्य, मनुष्य, यक्ष, वाणिज्य, दैत्य, यमक, यन्त्र, स्थायित्व, रचयिता, यश, गायिका, नायिका आदि ।
ग) ये काे प्रयाेग
१. केही शब्दमा मात्र: अन्त्येष्टि, जेष्ठ, ध्येय, प्रत्येक, मध्ये आदि ।
ऋ र रि काे प्रयाेग
१. तत्सम शब्दमा मात्र ऋ काे प्रयाेग हुन्छ: ऋग्वेद, ऋचा, ऋण, ऋजु, ऋतु, ऋषि, कृत, कृतज्ञ, कृति, कृत्रिम,
कृपा, कृषक, गृह, घृणा, तृतीय, तृप्ति, दृढ, दृष्य, पृथक, बृहत, भृकुटी, मृत, वृद्धि, वृश्चिक, श्रृङ्खला, सृष्टि,
समृद्धि, हृदय, मृदुल, श्रृंगार आदि ।
२. तद्भव र आगन्तुक शब्दमा रि काे मात्र प्रयाेग हुन्छ: रिस, रित्ताे, रिकापी, रिङ, रिपाेर्ट, रिक्सा, रिबन, सिरिङ्ग,
रिङ्गटा, रिल आदि ।
क्ष, क्षे, क्ष्य, छ्या र छे काे प्रयाेग
१. क्ष, क्षे, क्ष्य, काे प्रयाेग तत्सम शब्दमा मात्र हुन्छ: अक्ष, अक्षता, अक्षर, अध्यक्ष, आक्षेप, कक्ष, क्षमता, क्षय, क्षितिज, दक्ष, पक्ष, तक्षक, निक्षेप, प्रत्यक्ष, परीक्षण, राक्षस, रुक्ष, भिक्षु, भक्षक, सर्वेक्षण, भिक्षा, लक्ष्मण, लक्षण, विक्षेप, शिक्षा, सङ्क्षेप, समक्ष, साक्षात, साक्षी, क्षेत्र, क्षेप्यास्त्र, क्षेम, क्षेत्रिय, क्षेपक, लक्ष्य, उपलक्ष्य, क्षण, क्षत, क्षेत्री, क्षमा, क्षेर, परिप्रेक्ष्य, भक्ष्य, रक्षा, आरक्ष, आदि ।
२. छ्या र छे काे प्रयाेग तद्भव र आगन्तुक शब्दमा मात्र हुन्छ: छेत्री, अछ्यता, छिन, छेक, छेउ, छेस्किनी, छेपाराे, छ्याङ, छेलाे, छ्या, छ्यापछ्याप्ती, रछ्यान, बिछ्याैना, छल, इच्छा आदि । छे, छ तत्सम शब्दमा पनि प्रयाेग हुन्छ तर छ्य काे प्रयाेग हुदैन ।
श, ष र स काे प्रयाेग
श तालव्य, ष मुर्धन्य, र स दन्त्य (पातलाे)
क) श काे प्रयाेग
१. विसर्ग भन्दा पहिले श काे प्रयाेग हुन्छ: क्रमश:, अक्षरश:, प्रायश:, शतश:, शब्दश: आदि ।
२. ऋ, च, र, ल वर्ण भन्दा अगाडि श काे प्रयाेग हुन्छ: पश्चात, पश्चिम, श्रृङगार, श्रृङ्खला, निश्चय, आश्चर्य, विश्राम, अश्रु, श्लेष, श्लिष्ट आदि ।
३. श भन्दा अगाडि श काे प्रयाेग हुन्छ: शिशिर, शिशु, शशी, शाश्वत, शैशव, शुश्रुषा आदि । (अपवाद:सु उपसर्ग भएमा)
४. स र ष भन्दा अगाडि श काे प्रयाेग हुन्छ: आशिष, प्रशंसा, आश्वस्त, विशिष्ट, श्वास, विशेष, नृशंस, प्रशासक, शासन, शास्त्र, शाेषक, विश्लेषण, शेष आदि ।
५. श काे प्रयाेग हुने केही तत्सम शब्दहरू: शकुनी, शक्ति, शब्द, शरण, शास्त्र, शुचि, शैक्षिक, शैली, शाेक, श्मशान,श्रुति, श्वास, श्वेत, अशक्त, आशिर्वाद, पाश्चत्य, प्रशाखा, विश्व, संशाेधन, स्पर्श, अंश, आक्राेश, आवेश, गणेश, दिशा, यश, प्रकाश, विमर्श, सदृश्य, स्पर्श आदि ।
ख) ष काे प्रयाेग हुने अवस्था
१. स्वरवर्णकाे लगत्तै पछाडि ष प्रयाेग हुन्छ: अष्ट, आषाढ, दुष्ट, रुष्ट, सन्तुष्ट, उष्ण, उष्म, उषा, ऋषभ, ओष्ठ,ऋषि, औषधी आदि ।
२. षट् जाेडिएर बनेका शब्द: षट्काेण, षडानन्द, षट्चक्र, षड्गुण, षड्दर्शन आदि ।
३. क, ट, ठ, ड, ण का अघिल्तिर ष काे प्रयाेग हुन्छ: कृषक, कृष्ण, तृष्णा, दृष्टान्त, घनिष्ट,ओष्ठ्य, कनिष्ठ,
अनुष्ठान, पाषाण, विशेषण, षाेडशी, निष्कन्टक, निष्क्रिय, पुष्कर, शुष्क, मस्तिष्क आदि ।
४. ष काे प्रयाेग हुने अन्य केही तत्सम शब्दहरू: अभिषेक, ईर्ष्या, काेष, ग्रीष्म, निमेष, पाैष, विषम, महिष, विषाद, हर्ष, निष्फल, भीष्म, मेष, भीषण, वर्षा आदि ।
ग) स काे प्रयाेग हुने अवस्था
१. नेपाली तद्भव र आगन्तुक शब्दमा मात्र स प्रयाेग हुन्छ: आँसु, सहर, दस, पुस, मङ्सीर, साग, सिँगान, तिर्सना, काेसिस, फेसन, लास, सास, खास, बदमास, सायद, सहिद, सैतान, शस्टेसन, सिकार, सेताे, ससुरा, सान, सनाई, सिन्काे, सुगा, स्कुल, सिङ, मुसा, असाेज, बादसाह आदि ।
२. स, सत, सह, सु, सम उपसर्ग लागेका शब्दहरूमा स प्रयाेग हुन्छ: सजाति, सपरिवार, सकल, सबल, सत्कर्म,सद्भाव, सत्कार, साकार, सदिक्षा, सहभाव, सहभागी, सहयाेगी, सहचारी, सुकर्म, सुश्री, सुशील,सुशाेभित, सुषुप्त, सुरक्षा, सम्बन्ध, संवाद, संवत, संवेदना, सम्बाेधन आदि ।
३. अगाडि स्व, स्वयम आउने शब्दमा: स्वकिय, स्वचालित, स्वच्छन्द, स्वतन्त्र, स्वयम्भू, स्वयंवर, स्वयम आदि ।
४. स काे प्रयाेग हुने केही तत्सम शब्द: दास, पुरस्कार, भस्म, भास्कर, रहस्य, विस्फाेट, सदन, सलिल, साधु, स्थल, स्नान, स्फुरण, स्मारक, स्वभाव, हास्य, पुस्तक, स्तुति, सुत आदि ।
ग्या, ग्यँ र ज्ञ काे प्रयाेग
१. ज्ञ काे प्रयाेग तत्सम शब्दमा मात्र हुन्छ: अज्ञान, ज्ञान, विज्ञप्ति, ज्ञापक, जिज्ञासा, प्रतिज्ञा, यज्ञ, युवराज्ञी, विज्ञ, विज्ञान, विज्ञापन, संज्ञा, साम्राज्ञी, ज्ञात आदि ।
२. ग्या, ग्यँ काे प्रयाेग आगन्तुक र तद्भव शब्दहरूमा मात्र हुन्छ: ग्याँचे, ग्याँक्क, ग्यारेन्टी, ग्याटिस, ग्यास्ट्रिक, ग्याङ, ग्यालग्याल आदि ।
हलन्त (खुट्टा काटिने) र अजन्त (खुट्टा नकाटिने) प्रयाेग
व्यञ्जनवर्णलाई हल् भनिने हुँदा व्यञ्जनमा अन्त हुने शब्दलाई हलन्त भनिन्छ । शब्दका अन्त्यमा स्वर वर्ण नभएकाे शब्दकाे खुट्टाे काटिन्छ । अच् भनेकाे स्वर हाे र अन्त्यमा खुट्टाे नकाटिएकाे शब्दलाई अजन्त भनिन्छ ।
क) हलन्त (खुट्टा काटिने) काे प्रयाेग हुने स्थान
१. हलन्त उच्चारण हुने क्रियापदमा: पढ्, लेख्छन्, भन्छन्, लेखुन्, हेरेस्, जान्छन्, गएस्, गरिन्, हेर्थिस्, गराेस्, हाेलान्, गर्छेस् आदि ।
२. केही अव्यय शब्द इस्, उफ्, क्याबात्, झन्, धत्, हट् आदि ।
३. वान्, मान्, वत् अन्त्यमा आउने तत्सम शब्द: गुणवान्, धनवान्, बलवान्, श्रीमान्, पुत्रवत्, दण्डवत्, मित्रवत्, विद्वत्, संवत्, भगवान्, विद्वान्, हनुमान् आदि ।
४. केही अन्य तत्सम शब्द: अकस्मात्, आपद्, जंगत्, वलात्, भविश्यत्, विद्युत्, शरद्, हठात्, अनुष्टुप्, आशिष्, दिक्, पृथक्, विराट्, सम्राट्, बुहत्, यावत्, संसद्, स्वागतम्, अहम्, शुभम् आदि ।
ख) अजन्त (खुट्टा नकाटिने) अवस्था
१. नाम, सर्वनाम, विशेषण र अव्यय शब्दकाे उच्चारण गर्दा अन्त्यमा हलन्त भएता पनि लेखाइमा खुट्टाे काटिदैंन: भात, झ्याल, उसकाे, असल, काम, गरिब, चरन, जापान, बजार, माैसुफ, हजुर, रिस, सहित, हिमाल, नेपाल, घर, चाैपट, कठाेर आदि ।
२. कतिपय अनुकरणात्मक शब्दकाे उच्चारण गर्दा अन्त्यमा हलन्त भएता पनि लेखाइमा खुट्टाे काटिदैंन: झलमल, गनगन, पटपट, दनदन, सकसक, खलखल, सरसर, बरबर, कलकल, खुसखुस आदि ।
चन्द्रबिन्दु र शिरबिन्दुकाे प्रयाेग
चन्द्रबिन्दु (ँ) ले नाकेध्वनिलाई बुझाउँछ भने शिरबिन्दु (ं) ले पञ्चमवर्ण (ङ्, ञ्, ण्, न्, म्) लाई बुझाउँछ ।
क) चन्द्रबिन्दु (ँ) काे प्रयाेग हुने अवस्था
१. चन्द्रबिन्दु प्रयाेग हुने केही शब्दहरू: अँध्याराे, आँप, आँसु, गँगटाे, घाँटी, घुँडाे, घाँडाे, जुँगा, टाँक, तुँवालाे, वाँसाे, फाँसी, बाँस, भुँडी, सुँगुर, नयाँ, बाँया, मैयाँ,उहाँ, कहाँ, उहीँ,जहाँ, यहाँ, वहाँ, उहाँ, घाँस, तँ, चँदुवा, गाँस,अँजुली, बियाँ, चाँचरी, जाँच, स्वाँर आदि ।
२. प्रथम पुरुषकाे क्रियापदमा: छाैँ, गएँ, भयाैँ, थिएँ, जाउँला, भनाैँला, लेख्थेँ, हार्याैँ आदि ।
३. धातुसँग द, दा, दै जाेडिएकाेमास: देखिँदा, जाँदै, सुनाउँछ, पाउँदा, हुँदै, सकिँदै, छाेडिँदै आदि ।
४. दुईवटा स्वरमा अन्त्य हुने धातुमा थ् वा छ् काे रूपमा जाेडिएकाेमा: आउँछ, देखाउँथ्याे, पाउँछन्, हराउँथे, गाउँछाैँ, लेखाउथी आदि ।
ख) शिरबिन्दु (ं) काे प्रयाेग हुने अवस्था
१. तत्सम शब्दहरू य, र, ल, व, स, ष, ह, ज्ञ वर्णभन्दा अगाडि पञ्चमवर्णका लागि शिरबिन्दुकाे प्रयाेग गरिन्छ: संयाेग, संयाेजन, संयम, संरचना, संरक्षण, संलग्न, संवाद, संवेदना, संशय, अंश, अपभ्रंश, संसार, अंशु,संवत्सर, संवत, संसर्ग, संहार, संज्ञा, संज्ञान आदि ।
२. माथिका बाहेक अन्य वर्णका अघिल्तिर, तत्समशब्दमा पञ्चम वर्णकाे प्रयाेग गरिन्छ:
क,ख,ग,घ भन्दा अगाडि ङ् काे प्रयाेग हुन्छ अङ्क, शङ्क, सङ्गत, अङ्ग, सङ्घ आदि ।
च, छ,ज,झ भन्दा अगाडि ञ् काे प्रयाेग हुन्छ पञ्चायत, सञ्चय, लाञ्छाना, सञ्जय, पुञ्ज, झञ्झा आदि ।
ट,ठ,ड,ढ भन्दा अगाडि ण् काे प्रयाेग हुन्छ कण्टक, घण्टा, कण्ठ, घण्टी, पण्डित, चण्डी, शण्ढ आदि ।
त, थ, द,ध भन्दा अगाडि न् काे प्रयाेग हुन्छ सन्त, पन्थ, मन्द, गन्ध, आदि ।
प,फ, ब, भ भन्दा अगाडि म् काे प्रयाेग हुन्छ कम्प, पम्फा, सम्बन्ध, अम्बा, शम्भु आदि ।
नेपाली तद्भव र आगन्तुक शब्दमा भने उच्चारण अनुसारकै पञ्चम वर्णकाे प्रयाेग गरिन्छ, शिरबिन्दुकाे प्रयाेग गरिँदैन:
भन्छ, पन्चर,फन्काे, दुम्जा, बम्कनु, रुम्जा, चम्चा, झन्झट, झन्डा, गुन्डा, अन्डा, डन्डा, मन्जुर, लन्डन, सन्काहा, व्यान्ड, रम्घा,सन्जाेग आदि ।
क,ख,ग,घ भन्दा अगाडि ङ् काे प्रयाेग हुन्छ अङ्क, शङ्क, सङ्गत, अङ्ग, सङ्घ आदि ।
च, छ,ज,झ भन्दा अगाडि ञ् काे प्रयाेग हुन्छ पञ्चायत, सञ्चय, लाञ्छाना, सञ्जय, पुञ्ज, झञ्झा आदि ।
ट,ठ,ड,ढ भन्दा अगाडि ण् काे प्रयाेग हुन्छ कण्टक, घण्टा, कण्ठ, घण्टी, पण्डित, चण्डी, शण्ढ आदि ।
त, थ, द,ध भन्दा अगाडि न् काे प्रयाेग हुन्छ सन्त, पन्थ, मन्द, गन्ध, आदि ।
प,फ, ब, भ भन्दा अगाडि म् काे प्रयाेग हुन्छ कम्प, पम्फा, सम्बन्ध, अम्बा, शम्भु आदि ।
नेपाली तद्भव र आगन्तुक शब्दमा भने उच्चारण अनुसारकै पञ्चम वर्णकाे प्रयाेग गरिन्छ, शिरबिन्दुकाे प्रयाेग गरिँदैन:
भन्छ, पन्चर,फन्काे, दुम्जा, बम्कनु, रुम्जा, चम्चा, झन्झट, झन्डा, गुन्डा, अन्डा, डन्डा, मन्जुर, लन्डन, सन्काहा, व्यान्ड, रम्घा,सन्जाेग आदि ।
पदयाेग र वियाेग
पदयाेग भनेकाे शब्दहरूलाई जाेडेर लेख्नु हाे भने वियाेग छुट्टयाएर लेख्नु हाे ।
पदयाेग भनेकाे शब्दहरूलाई जाेडेर लेख्नु हाे भने वियाेग छुट्टयाएर लेख्नु हाे ।
क) पदयाेग हुने अवस्था
१. विभक्ति, उपसर्ग, प्रत्यय र नामयाेगी शब्दहरू जाेडेर लेखिन्छ: रामले, तिमीलाई, घरमा, स्कुलबाट, सहकुलपति, अनुसार, बदनाम, लेखहरू, किनुन्जेल, बाेलक्कड, त्यहाँभित्र, चाैरसँग, सुशीलभन्दा, आमाबिना, बिनाकाम, बायाँपट्टि आदि ।
२. समास भएर बनेका शब्दहरू जाेडेर लेखिन्छ: पूजासामाग्री, आमाछाेरी, माछापुच्छ्रे, घण्टाघर, चरीनङ्गे आदि ।
३. द्वित्व भएर बनेका शब्दहरू जाेडेर लेखिन्छ: घरघर, गर्ल्यामगुर्लुम, बल्लबल्ल, सरासर, झैझगडा, आलाेपालाे,
ऐँचाेपैँचाे आदि ।
४. संयुक्त क्रियाहरू जाेडेर लेखिन्छ: खानुपर्थ्याे, गइसक्नुभएछ, पढिसकी,धाेइदिनुभाे, गरिदिइहाल्नुपर्छ, हिँडिसक्नुभयाे, लेखिदिउँला आदि ।
५. अकरण बुझाउने न जाेडेर लेखिन्छ: नहेर, जादिँन, हेर्दैनथ्याे, गएन, नखालान्, गइनछिन् आदि ।
६. केही अव्यय जाेडेर लेखिन्छ: किनभने, किनकी, तापनि, यसकारण, हुनत आदि ।
ख) पद वियाेग हुने अवस्था
१. वाक्यमा प्रत्येक शब्दहरू छुट्टाछुट्टै लेखिन्छ: हामी बजार गएर छाता ओढी छिट्टै फर्क्याैँ ।
२. विभक्तिभन्दा पछि आएकाे विभक्ति वा नामयाेगी नजाेडिई लेखिन्छ : रामका लागि, सुमनका निम्ति, हरिका मा, त्यसदेखि पर, उसले भन्दा, काेठाकाे पछिल्तिर आदि ।
३. निपातहरू छुट्टै लेखिन्छ: हिजाे त श्यामकाे भाइ पाे बिरामी परेछ रे! तिमी नै गए है ।
४. विभाजक नआएमा छुट्टै लेखिन्छ: न यता न उता, न आयाे न खबर गर्याे, न राम न लक्ष्मण आदि ।
५. संयुक्त क्रियाकाे बीचमा निपात आएमा क्रिया छुट्टै लेखिन्छ: जानु नै पर्छ, भन्नु त पर्ने नै हाे, कुट्नु त भएन आदि।
६. क्रियापदले अपूर्ण र पूर्ण पक्ष जनाउँदा छुट्टै लेखिन्छ: जाँदै छ, भनेकाे हुनेछ, लेख्दै छन्, पढेकी थिइन् आदि ।
माध्यमिक नेपाली व्याकरण( नेत्र एटम र कृष्णहरि बराल बाट)
सर्वाधिकार लेखकद्वयमा सुरक्षित ।