Tuesday, April 28, 2020

नेपालकाे संविधान २०७२ काे प्रस्तावना

नेपालकाे संविधान २०७२

प्रस्तावनाः

 हामी सार्वभाैमसत्तासम्पन्न नेपाली जनता,

नेपालकाे स्वतन्त्रता, सार्वभाैमिकता, भाैगाेलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुग्न राखी जनताकाे सार्वभाैम अधिकार, स्वायत्तता र स्वशासनकाे अधिकारलाइ आत्मासात गर्दै;

राष्ट्रहित, लाेकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएका  ऐतिहासिक 
जनआन्दाेलन, सशस्त्र संघर्ष, त्याग र बलिदानकाे गाैरवपूर्ण इतिहासलाई स्मरण  एवं शहीद तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै;

सामन्ती, निरंकुश,केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनकाे अन्त्य गर्दै;

बहुजातीय, बहुभाषिक,बहुधार्मिक, बहुसांस्कृतिक तथा भाैगाेलिक विविधतायुत्त विशेषतालाई आत्मसात् गरी विविधताबीचकाे एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता,सहिष्णुता र सदभावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतकाे अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामुलक समाजकाे निर्माण गर्ने संकल्प गर्दै;

जनताकाे प्रतिष्पर्धात्मक बहुदलीय लाेकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, माैलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यकाे अवधारणा लगायतका लाेकतान्त्रिक मुल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न;

संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाकाे माध्यमद्वारा दिगाे शान्ति, सुशासन, विकास र समृद्धिकाे आकांक्षा पूरा गर्न संविधानसभाबाट पारित गरी याे संविधान जारी गर्दछाैं ।


No comments:

Post a Comment

मासिन्या च्याङबा

  तिम्राे च्याङबा आउदैछ साङमाे ! सत्ताले मास्न खाेज्दा पनि नमासिएकाे  तिम्राे  मासिन्या  च्याङबा अब न्याय लिएर आउदैछ, समानता लिएर आउदैछ, समत...