Sunday, April 19, 2020

कविता म मरिसकेकाे छैन

म मरिसकेकाे छैन भाइ

माफी चहान्छु भाइ
तिमीलाई ठुलाे पीर चिन्तामा पारें
साँच्चै पीरमा त हामीले सरकारलाई पारेकाछाैं भाइ
राहत माँगेर,
नाँगाे खुट्टा हजाराै माइल हिडेर,
गरिबी देखाएर
विवशता देखाएर, नाँगाेपन देखाएर ।

भनिरहेछन् यिनले हाम्राे बेइज्जत गरिराछ,
यिनलाई नाँगाे खुट्टा हिडेर गाउँ जानुपर्ने,
भाेकभाेकै हिडेर तमाशा देखाउनु पर्ने,
स्टे हाेम, स्टे सेफ भनेकाे हाेइन,
यिनलाई बाहिर हिडेर नाटक देखाउनु पर्ने,
समाज बिराेधी तत्व हुन् यी,
यिनीहरू नभए देश स्वर्ग बनिसक्थ्याे ।

हाे भाइ! केही समय अघि त हाे नि,
मजदुरकाे लागि देश स्वर्ग हुन्छ भनेकाे,
हाम्राे मुखियाकाे तस्वीर पाेल पाेलमा मैले नि टाँगेकाे,
नयाँ युगकाे सुरूवात भएकाे,
देश स्वर्ग झै बनेकाे,
काेही भाेकै बस्न नपर्ने,
काेही नाँगै बस्न नपर्ने,
मजदुरकाे सुरक्षाकाे ग्यारेन्टी भएकाे ।

कमता खुशी त भएकाे थिइनँ म त्याे दिन भाइ ।

हाे भाइ,
इट्टा भट्टाकाे साहुले निकाले देखि,
म सडकछाप भएकै हाे, बेखर्ची भएकै हाे,
सुन्याथें मजदुरकाे कुनै देश हुदैन, जात हुदैन, धर्म हुदैन,
यिनीहरू अन्तर्राष्ट्रिय हुन्छन्,
यिनिहरू सर्वरहारा हुन्,
म पनि बास बिहिन भएँ भाइ।

बेसाहारा म हाम्रै तल्ला घरे साइलाकाे छाप्राेमा ओत लाग्न गएकाे पनि हाे भाइ ।

अन्नकाे दाना सकिएपछि, खल्ती रितिए पछि,
राहतकाे लाइनमा लागेकै हाे
वडामा नाम लेखाउन गाकै हाे
वडाले भन्याे घर भाडामा बसेकाे प्रमाण ल्याएर आऊ
बिचरा साइला गुठीकाे जग्गामा टहरा हाल्नेले
कहाँकाे प्रमाण ल्याओस र भाइ ।


खल्ती खाली र मुखमा माँड लाउने केही नभएपछि,
मध्यरातमै निस्केकाे छु भाइ,
चाेक चाेकमा गाैडा गाैडामा पुलिसकाे डण्डा खादै आउदैछु,
काेशीकाे किनारै किनार हिड्दैछु,
काेशीकाे पानीले भाेक मेट्दै,
हिडिरहेछु, म अझै मरिसकेकाे छैन भाइ ।


याे रचना राजु स्याङतानकाे दाइ हराएकाे सुचनाकाे प्रत्युत्तरकाे रूपमा तयार पारिएकाे xf] ।

No comments:

Post a Comment

मासिन्या च्याङबा

  तिम्राे च्याङबा आउदैछ साङमाे ! सत्ताले मास्न खाेज्दा पनि नमासिएकाे  तिम्राे  मासिन्या  च्याङबा अब न्याय लिएर आउदैछ, समानता लिएर आउदैछ, समत...