Wednesday, October 25, 2023

दशैंकाे खसी


आजकाल ऊ विशेष खुशी छ । विगत एक हप्तादेखि उसकाे मालिकले भाेजनमा हरियाे डाले घाँस र खाेलेमा समेत बृद्धि गरेकाे छ । खाेलेमा नुनकाे मात्रा पनि अलि बढाएकाेले पहिलेभन्दा अझ उसलाई स्वादिलाे लागेकाे छ । ऊ आफ्नाे खानपानमा मालिककाे विशेष ध्यान गएकाे देखेर दंगदास भएकाे छ र अति प्रफुल्लित पनि छ । ऊ आफ्नाे सुखमय जीवन देखेर दंग छ र सुखद भविष्य सम्झेर अझ आनन्दित भएकाे छ ।


 ऊ सम्झन्छ, उसकाे मालिककाेमा  तीन महिनाकाे ख्याउटे सानाे पाठाेकाे रूपमा आगमन भएकाे थियाे । आमासँग छुट्टिएकाे पीडा समेत मालिककाे माया, स्याहार र खानपिनले उसलाई छिट्टै भुलाई दिएकाे थियाे । ऊ छिट्टै हलक्क बढ्याे र लक्का बाेका हुने बेला खसी पनि बनाई हाल्याे । याे करीब तीन महिनाभित्रै भयाे र छ महिनाकाे उमेरमा ऊ खसी भई सकेकाे थियाे । अव मालिकले उसकाे खानपान, दानापानी र स्याहारमा अझ विशेष ध्यान पुर्याउन थालेकाे थियाे । राम्राे हरियाे डाले घाँस, खाेले कुँडाे र बेला बेलामा भटमास चनासमेत उसकाे खान्कीमा थपिएकाे थियाे । एक वर्षकाे उमेरमा ऊ लक्का खसी बनिसकेकाे थियाे । मालिककाे छाेराले बेला बेलामा उसलाई घाेडा बनाउँदा मालिकले उसकाे मासु घटाउन खसीमाथि चढेकाे भनी छाेरालाई गाली गरेकाे उसलाई त्यति निकाे लाग्दैनथ्याे । मालिककाे छाेरासँग खेल्दा उसलाई पनि मजा नआउने भने हाेइन । तर मालिककाे माया र स्याहार देखेर ऊ दंगदास थियाे । यस्ताे सुखमय जीवन जिउँन पाउँदा उस्ले आफूलाई अति भाग्यमानी ठानेकाे थियाे र मनमनै यस्ताे जीवन जिउने अवसर दिएकाेमा ऊ मालिकलाई आभार पनि व्यक्त गर्दथ्याे । साथै, आफ्नाे सुखद भविश्यकाे कल्पनामा दंगदास पनि थियाे ।

आज पन्ध्र महिनापछि अचानक किन यस्ताे भैराछ । विहानकाे भाेजन अझै आएकाे छैन । यत्तिकैमा मालिकले थाेरै नुन पानी ल्याएर उसलाई ख्वाउनु भयाे । यस्ताे के असुभ हुन लागेकाे हाे । मालिककाे छाेरा हातमा चंगा बाेकेर आँगनमा यता र उता कुदिरहेकाे छ । अरू दुई जना लाठे पनि आँगनमा उभिएका छन् । एउटाकाे हातमा खुँडा तरबार पनि छ । केही गफ भएकाे जस्ताे, सर सल्लाह गरे जस्ताे देखिन्छ । केही छिनपछि मालिकले किलाेबाट दाम्लाे छुट्टयाएर उसलाई डाेर्याउदै आँगनमा पुर्याउनु भयाे ।  एकजना लाठेले उसकाे ढाँडमा समाएर पन्ध्र धार्नी त पक्का छ काका यस्काे भन्नुभाे ।अर्काे लाठेले उसकाे खुट्टा समाएर तनक्क तन्काउनु भाे र मालिकले दाम्लाे तन्काउनु भाे।

(I have contextualized  Bertrand Russel's "Chicken Problem (Nicholas Taleb's " Turkey Problem") to show the events which come as Surprise in this story. It is also the part of Hume's Induction Problem. Discussion is always welcome.)

मासिन्या च्याङबा

  तिम्राे च्याङबा आउदैछ साङमाे ! सत्ताले मास्न खाेज्दा पनि नमासिएकाे  तिम्राे  मासिन्या  च्याङबा अब न्याय लिएर आउदैछ, समानता लिएर आउदैछ, समत...