Sunday, May 17, 2020
दिगाे विकास लक्ष्यहरू
S.NO.
|
Goal
|
Budget %
|
Goal 1
|
No Poverty
|
3.70%
|
Goal 2
|
Zero Hunger
|
6.10%
|
Goal 3
|
Good Health &
Wellbeing
|
4.40%
|
Goal 4
|
Quality Education
|
1.90%
|
Goal 5
|
Gender Equality
|
0.80%
|
Goal 6
|
Clean Water and Sanitation
|
4.00%
|
Goal 7
|
Affordable and Clean Energy
|
14.6%
|
Goal 8
|
Decent Work and Economic Growth
|
1.00%
|
Goal 9
|
Industry, Innovation and
Infrastructure
|
26.10%
|
Goal 10
|
Reduced Inequality
|
0.40%
|
Goal 11
|
Sustainable Cities and
Communities
|
29.80%
|
Goal 12
|
Responsible Consumption and Production
|
0.40%
|
Goal 13
|
Climate Action
|
1.80%
|
Goal 14
|
Life Below Water
|
0.00%
|
Goal 15
|
Life on Land
|
1.00%
|
Goal 16
|
Peace and Justice Strong Institutions
|
0.40%
|
Goal 17
|
Partnerships to Achieve
the Goals
|
0.20%
|
|
Special Grant
|
3.40%
|
|
|
100.00%
|
नेपाल सरकारकाे नीति तथा कार्यक्रम २०७७/०७८
नेपाल सरकारले आ.व. २०७७/०७८ काे लागि नीति तथा कार्यक्रम मिति २०७७ जेष्ठ २ गते सार्वजनिक गरेकाे छ । साे नीति तथा कार्यक्रममा उल्लेख भएकाे "समृद्ध नेपाल, सुखी नेपाली" मूल नारा सहित १० उपनाराहरू:
१."चिनाैं आफ्नाे माटाे, बनाऔं आफ्नाे देश", अभियान संचालन गरेर स्नातकाेतर तह पास भएका युवाहरूलाई विकास निर्माण तथा शैक्षिक विकास सम्बन्धि काममा मुलुकभर परिचालन गरिनेछ ।
२ ."बालबालिकालाई विध्यालय ल्याऔं, पढाईमा टिकाऔं", कार्यक्रमलाई प्रभावकारी बनाउन सबै विध्यार्थीले कम्तीमा माध्यमिक तह पूरा गर्ने व्यवस्था मिलाईने छ ।
३.अब नेपालमा गरिबीका कारणले "काेही भाेकै पर्दैन, काेही भाेकै मर्दैन", भन्ने नाराकासाथ आय आर्जनशील लक्षित कार्यक्रम संचालन गरिनेछ ।
४. "स्वदेशी वस्तुकाे उपभाेग गराै, आन्तरिक उत्पादनलाई प्राेत्साहन गराैं", अभियान संचालन गरिनेछ ।
५. वन व्यवस्थापन र वनजन्य उध्याेग विकास गर्न "समृद्धिका लागि वन" कार्यक्रम संचालन गरिनेछ ।
६. फाेहाेरमैला प्रशाेधन गर्न र बस्तीलाई सफा राख्न "स्वच्छ नेपाल" अभियान चलाईनेछ ।
७. कृषियाेग्य भूमिकाे संरक्षणका लागि "सम्पूर्ण जग्गा वर्गीकरण, कृषियाेग्य जग्गाकाे संरक्षण" अभियान संचालन गरिनेछ ।
८.प्रदेश, स्थानीय तह र समुदायकाे समन्वयमा "समुदायकाे सकृयतामा जागरण: सरकारी, सार्वजनिक,गुठी जग्गाकाे संरक्षण" अभियान संचालन गरिनेछ ।
९. सरकारले "उध्यमशीलता, राेजगारी र उत्पादन बृद्धि, हुन्छ नेपालकाे समृद्धि"काे नीति लिनेछ ।
१०."म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन दिन्नँ र म देश र जनताका लागि इमान्दार भएर काम गर्नेछु" प्रतिज्ञासहितकाे कार्य संस्कृति प्रवर्द्धन गरिनेछ ।
Thursday, May 14, 2020
तिमीले अझै नि बिहे नगरेर एक्लै मर्ने निर्णय गरेकै हाै त, प्रिय !!!
कस्ताे बकम्फुसे प्रश्न राखेकाे हाेला भनेर भन्छाै भने पनि म केही भन्दिनँ । एक्लै मर्ने त हाे नि सँग सँगै काे मरेकाे छ र ? सँगै मर्ने त बाचा कसम मात्र खाने हाे भनेर भन्छाै भने पनि मेराे केही भन्नु छैन । मान्छेले पूरा नगर्ने, नहुने यस्ता झुटाे बाचा कसम किन खान्छन् भनेर मैले कसैलाई साेधेकाे छैन । तिमीले कसैलाई साेध्याै ? अनि तिमीलाई थाहा छ हामी प्रत्येक दिन कति पटक झुट बाेल्छाैँ ,नवबिवाहित जाेडीले दैनिक कति पटक झुट बाेल्छन् ? महिला वा पुरुष कसले बढी झुट बाेल्छन् र किन बाेल्छन् ? मैले यसकाे पनि उत्तर खाेजेकाे छैन । तिम्राे निर्णय साँच्चिकै साँचाे हाे वा हाेइन भनि शंका उपशंका पनि गर्ने गरेकाे छैन ।
तर तिमीलाई अझै एक्लै देख्दा कता कता मनमा नरमाईलाे लागेकाे चाँहि साँचाे हाे ।
तिम्राे शुभ बिवाहमा टन्न दारू खाएर नांगिन डान्स देखाउने धाेकाे पनि मेराे हाेइन । तर "कस्ताे पत्तै नपाई बैवाहिक बन्धनमा बाँधिएकाे पनि एक दशक नाघिसकेछ, ह्याप्पी म्यारिज एनिभर्सरी" भनेर तिम्राे जाेडीकाे सुन्दर तस्वीर फेसबुककाे टाइमलाइनमा पाेष्टेकाे नभेट्दा खल्लाे खल्लाे चाँहि लागिरहन्छ । मलाई यस्ताे किन लागेकाे भन्ने थाहा नभए पनि यस्ताे लागेकाे चाँहि साँचाे हाे ।
अनि कतै फेसबुकमा भेटिएकाे एक्लै रहनुका बाह्र फाईदाहरू, वा युटुबतिर भेटिएकाे बिवाहले बर्वाद भएकाे जीवन वा सादी जीवनकी बर्वादी जस्ता भनाईबाट प्रभावित भएर तिमीले यस्ताे निर्णय गर्या हाै भन्ने पनि म मान्न तयार छैन । वा टिभी सिरियलकाे सासु बुहारीकाे झगडा देखेर त तिमीमा कतै वितृष्णा जागेकाे हैन भनी पनि कहिलेकाँही गम्छु र भन्न मन लाग्छ जीवन त्यहाँ देखाए जस्ताे सुखै सुख वा दु:खै दु:ख पनि हाेईन । वा जे लेखिएकाे छ त्यही पाईन्छ, देखेकाे पाईन्न वा म्यारिजेज आर मेड ईन द
हेभन भन्ने जस्ता भाग्यवादी विचार लिएर तिमी हिड्छाै भन्नेमा पनि मलाई त्यति विश्वास छैन । "सुखी परिवारहरू सबै उस्तै हुन्छन्, र प्रत्येक दु:खी परिवारहरू आफ्नै ढंगले दु:खी हुन्छन्," सुखी बैवाहिक जीवनका लागि केही आवश्यक तत्वहरू जस्तै: याैन आकर्षण, बाल बच्चाकाे अनुशासन, धर्म, परिवारका अन्य सदस्यसँगकाे सम्बन्ध र अन्य विशेष तत्वहरूमा सफलता हासिल गर्नु पर्दछ, अन्य सबै तत्वहरू हुदाहुदै पनि यी मध्ये कुनै एक तत्वकाे कमीले पारिवारिक जीवनलाई दु:खी बनाउँछ भनी लियाे टाल्स्टाेयले अन्ना करेनिना भन्ने उपन्यासमा भनेका छन्, जसलाई अन्ना करेनिना सिद्धान्त भनिन्छ। अनि फेरि भन्न मन लाग्छ जीवन सुखी वा दु:खी बनाउने त आफ्नै हातमा न छ तर मैले तिमीलाई यसाे पनि भनिसकेकाे छैन।
तर तिमी अझै एक्लै देख्दा किन एक्लै हाेला भनी याे मनमा कुरा खेल्ने गरेकाे चाँहि धेरै भयाे ।
परालकाे थुप्राे र पानीकाे पाेखरीकाे समान बीच दुरीमा रहेकाे उत्तिकै भाेकाे र प्यासी (Equally Hungry and Thirsty) फ्रेञ्च दार्शनिक बुरिदानकाे गधाले पहिले पाेखरीमा गएर पानी खाउँ कि परालकाे थुप्राेतिर गएर पराल खाएर भाेक मेटाउँ भन्ने निर्णय गर्न नसकेर त्यही ढलेर ज्यान गुमाएकाे अवस्थालाई एनालाइसिस प्यारालाइसिस (Analysis Paralysis) भनिन्छ, तिमीलाई नि त्यस्तै भएकाे त हाेईन भनेर साेध्न पनि मन लाग्छ, तर आजसम्म साेध्ने आँट पनि गरेकाे छैन । कहिलेकाँही त जे सुकै हाेस गाई कि त्रिशुल पल्टाएर छानाैं भनेर भनाैं कि भन्ने नि लाग्छ तर मेराे जीवनकाे निर्णय गर्ने तिमी काे हाै भनी भन्याै भने म काे हुँ भन्ने भनेर असमञ्जसमा पर्छु ।
तर तिमी अझै एक्लै देख्दा किन मन चसक्क चस्किँन्छ र त्यस्काे उत्तर कसरी खाेज्ने भन्ने द्विविधामा पनि पर्ने गरेकाे छु।
एउटा सेलाे गीतमा भनेझैं दाैरा त लाउनेलाई नजाने, काेट लाउनेले नलाने वा हाम्राे गाउँघरतिर सुनेकाे लाउरेले लादैन, चाउरेसँग जादैन जस्ताे अवस्था तिम्राे भएकाे हाे भनी पनि म मान्न तयार छैन । अनि तपाइँ अहिले त यति राम्री हुनुहन्छ बैंशमा खुब राम्री हुनुहुन्थ्याे हाेला तर घरजम त गर्नु भएनछ त दिदी ? भनी साेध्दा के गर्नु भाइ बैंश उमेरमा कसैलाई टेरिनँ अब कसैले हेर्दैन भनेकाे भनेर एक जना दाइले सुनाएकाे कथा जस्ताे अवस्था तिम्राे पनि आउँछ भनी मान्नेवालामा पनि म छैन ।
तर तिमी अझै एक्लै देख्दा मलाई किन दु:ख लाग्छ, तिमीले बिहे नगरेर एक्लै मर्ने निर्णय गरेकै हाै त, प्रिय !!!
Subscribe to:
Posts (Atom)
मासिन्या च्याङबा
तिम्राे च्याङबा आउदैछ साङमाे ! सत्ताले मास्न खाेज्दा पनि नमासिएकाे तिम्राे मासिन्या च्याङबा अब न्याय लिएर आउदैछ, समानता लिएर आउदैछ, समत...
-
तिम्राे च्याङबा आउदैछ साङमाे ! सत्ताले मास्न खाेज्दा पनि नमासिएकाे तिम्राे मासिन्या च्याङबा अब न्याय लिएर आउदैछ, समानता लिएर आउदैछ, समत...
-
माध्यमिक नेपाली व्याकरण( नेत्र एटम र कृष्णहरि बराल बाट) सबैलाई उपयाेगी हाेला भनेर यहाँ शेयर गरेकाे छु ह्रस्व दीर्घ:(ह्रस्व-इ,...
-
कस्ताे बकम्फुसे प्रश्न राखेकाे हाेला भनेर भन्छाै भने पनि म केही भन्दिनँ । एक्लै मर्ने त हाे नि सँग सँगै काे मरेकाे छ र ? सँगै मर्ने त बाचा...