तिम्राे च्याङबा आउदैछ साङमाे !
सत्ताले मास्न खाेज्दा पनि नमासिएकाे तिम्राे मासिन्या च्याङबा अब न्याय लिएर आउदैछ, समानता लिएर आउदैछ, समता लिएर आउदैछ, सदियाैंदेखि तिम्राे म्हेमेहरूमाथि भएकाे अन्याय, अत्याचार, दमन र शाेषण विरूद्ध लड्ने शंखघाेष गर्दै आउदैछ । तिम्राे डम्फुकाे हराएकाे ताल बनेर आउदैछ, छाेर्तेनकाे हराएकाे हिगी बनेर आउदैछ, सुख लिएर आउदैछ, समृद्धि लिएर आउदैछ, अब तिमीले एउटा जुनी बाँच्न हजार जुनी मर्नु पर्ने छैन साङमाे ।
तिम्राे पूर्खाकाे जल, जमीन र जंगलमाथिकाे अधिकार लिएर आउदैछ, तिम्राे गुमेकाे भाषा, संस्कृति र परम्परामा नयाँ रंग थप्न आउदैछ, तिम्राे भाेजनकाे स्वतन्त्रताकाे अधिकार लिएर आउदैछ । तिमीले भाेगेका हरेक दुःखकाे, मानसिक र शारिरिक यातनाकाे क्षतिपूर्ति दिलाउन आउदैछ, अब तिमीले मानव भएर मानवकाे जुनी बाँच्न पाउने ग्यारेन्टी गराउन आउदैछ, तिम्राे भावी सन्ततिकाे उज्ज्वल भविष्यकाे झिल्काे बनेर आउदैछ तिम्राे च्याङबा ।
ऐतिहासिकताः
ने+आप्पा+ला बाट नेपाल शब्द बनेकाे हाे भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ, किनकी तपाईंले अहिलेसम्म नेआप्पालाबाट नेपाल शब्द बनेकाे हाे भन्ने कहीँ कतैबाट पनि सुन्न पाउनु भएकाे छैन । समाजमा ज्ञानकाे निर्माण, उत्पादन र वितरण कसले गर्दछ त? शासक वर्ग र राज्यसत्ता वरपर बस्ने सम्भ्रान्त वर्गले समाजमा आफ्नाे हैकम कायम राखि राख्नका लागि आफ्नाे पक्षमा ज्ञानकाे निर्माण र प्रचारप्रसार गर्ने गर्दछन् । इतिहास उनीहरूकै पक्षमा लेखिन्छ र लेखाउँछन् । इतिहासकाे कुनै कालखण्डमा शासनसत्तामा नपुगेकाे तामाङहरूकाे भाषाबाट नेपाल शब्दकाे निर्माण भएकाे हाे भन्ने भाष्य कसरी स्थापित गर्न पाओस् त !
ने काे अर्थ तीर्थ जहाँ हाम्राे आप्पाले ला खडा गर्नु भयाे । अर्थात ने भनेकाे तीर्थ जस्लाई अहिले हामी स्वयम्भु वा सिम्बु भन्छाैं , जहाँ हाम्राे आप्पाले ला अर्थात देवता खडा गर्नु भयाे । यही नेआप्पाला अपभ्रंश भएर नेपाल शब्दकाे निर्माण भएकाे हाे । यही सिम्बु भएकाे क्षेत्रलाई नेपाल भन्ने गरिन्थ्याे र त्यसकाे तल्लाे समतल भागमा तामाङहरू खेती गर्दथे । हाल पनि तामाङहरू काठमाडाैंलाई याम्बु भन्ने गर्दछन् जुन ह्याङला भुबाट अपभ्रंश भएर बनेकाे मानिन्छ। तामाङ भाषामा ह्याङला भनेकाे हाम्राे र भु भनेकाे खेत हाे । त्यसैले हालकाे काठमाडाैं उपत्यका हाम्राे खेत हाे । यसबाट पनि प्रमाणित हुन्छ कि तामाङहरू यस नेपाल उपत्यकाका पहिलाे बासिन्दा हुन् जाे मञ्जुश्री सँगै आएका थिए ।
रसियाकाे लेनिनग्राद विश्वविद्यालयका अनुसन्धानकर्ता डा. एनाताेली याकाेब्लेभ शेटेन्काे २०३४ सालकाे हिउँदकाे अन्त्यतिर दुई महिनाकाे लागि (अर्थात जनवरी १५ ता. देखि मार्च २४ ता. १९७८ सम्म) नेपालकाे पुरातात्विक अध्ययन भ्रमणमा आएका थिए (जनकलाल शर्माः हाम्राे समाज एक अध्ययन) । बुढानिलकण्ठकाे दक्षिण पूर्वतिर बनियाँपाखा र पण्डितगाउँकाे बीचमा रहेकाे धाेबीखाेलाकाे किनारमा प्राचीन पाषाणयुग (उत्तरकाल ईशापूर्व ३०००० वर्ष) का केही ढुंगे हतियार भेट्टाएका छन् जुन मंगाेलियाका आदिबासीहरूले प्रयाेग गर्ने ढुंगे हतियारसँग मिल्दछ र यसलाई यहाँ आदिम तामाङहरूले प्रयाेग गरेकाे मानिएकाे छ । यसबाट पनि प्रमाणित हुन्छ कि तामाङहरू यस नेपाल उपत्यकामा करिब ३२ हजार वर्ष पहिले नै आई बसाेबास गरेका थिए ।
तामाङ जातिमाथि राज्यबाट भएकाे विभेदकाे शुरूवातः
पृथ्वी नारायण शाहकाे राज्य विस्तारसँगै तामाङहरूले पनि आफ्नाे राज्य गुमाए । पृथ्वी नारायण शाहकाे 'असली हिन्दुस्थाना' बनाउने अभियानमा साथ नदिएकाे, दशैं तिहार मनाउन अस्वीकार गरेकाे, हिन्दु वर्णाश्रम अनुसारकाे जात व्यवस्था अंगाल्न नमानेकाे, गाेमांस सेवन गर्न नछाडेकाे आदि कारणहरू देखाई तामाङहरूमाथि राज्यबाट दमन, अत्याचार र विभेद शुरू भएकाे थियाे । तामाङहरूकाे भुमि खाेसियाे, अधिकार खाेसियाे । राज्यबाट लखेटिए । आफ्नाे मातृ लवजका कारण खस पर्वते भाषा शुद्ध बाेल्न नजानेकाले जेलमा काेचियाे। राज्यबाट जाेगिन उनीहरू टाढा टाढा भागे । यसरी राज्यबाट भएकाे राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक दमन र विभेदलाई जंग बहादुरले वि.सं. १९१० काे मुलुकी ऐनमार्फत तामाङहरूलाई 'मासिन्या मतवाली'मा वर्गीकरण गरेर कानुनी वैद्यता दिने काम गरे। तत्पश्चातकाे तामाङहरूकाे अवस्था त जगजाहेरै छ ।
मासिन्या नाटकले तामाङहरूले भाेगेका दुःख, कष्टलाई सजिव ढंगले प्रस्तुत गरेकाे छ । नाटकका पात्र साङमाेले भनेकाे मैले एक जुनी जिउन अझै कति जुनी मर्नु पर्ने हाे भन्ने प्रश्नकाे जवाफ अब हामी सबैले खाेज्नु पर्ने दिन आएकाे छ र भन्ने दिन आएकाे छ, 'साङमाे तिमीले एक जुनी जिउन अब मर्नु पर्ने छैन' ।
लास्साे फ्पाफुल्ला